नियम १३
इजलासको गठन
(१) यस नियमावली बमोजिम अदालतमा दर्ता भएका मुद्दाको सुनुवाइको लागि इजलास गठन र पेसी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ।

(२) उपनियम (१) बमोजिमको इजलास गठन तथा पेसी व्यवस्थापन सम्बन्धी अन्य प्रकृया सर्वोच्च अदालतले बनाएको पेसी व्यवस्थापन सम्बन्धी निर्देशिकामा निर्धारण भएबमोजिम हुनेछ।